काठमाडौँ । ईजरायल र प्यालेस्टाइनबीचको द्वन्दका कारण गाजा पट्टीमा नरसंहार मच्चिएको छ । दुई देशबीच युद्ध शुरु भएको २ वर्षमा २ लाख मानिसहरु मरिसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । युद्धको सुरुवाती दिनहरुमा बम बारुद र गोला बर्साएको इजरायलले पछिल्लो समययता सम्पूर्ण नाकाबन्दी गरेर भोकमरी फैलाइदिएको छ । खाद्यान्न अभावमा गाजामा धेरैजसो महिला र बालबालिकाहरूको मृत्यु भइसकेको छ । विश्ेषतः ससाना अतिवादी इजरायली सरकारले गाजाको जातीय सफाई गर्ने नाममा सामूहिक भोकमरी प्रयोग गरिरहेको छ।
भोकले ब्याकुल बनेका बालबालिका तथा महिलाहरु घस्रिएर अन्तराष्ट्रिय समुदायले खाना बाँडेको स्थलसम्म पुग्दा त्यहीँ इजरायलले बम तथा गोली प्रहार गरी सयौँको ज्यान लिइसकेको छ । कतिपय भोको शरिरमा दौडिँदा सडकमै ढलेका दृश्यहरु बिचलित गराउने खालका छन् । यो बर्बर घटनाको विश्वका विभिन्न देशहरुले विरोध गरिरहेपनि अमेरिकाको प्रत्यक्ष साथ पाएको इजरायलले गाजामाथिको नरसंहार रोक्न मानेको छैन ।


