काठमाडौं । साेमबार पनि नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । आइतबार एकैदिन ११ हजार ६०० रूपैयाँले घटेको सुनकाे मूल्य आज ताेलामा २००० रूपैयाँले घटेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्यउ प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँमा झरेको छ ।
आइतबार छापावाल सुनको मूल्य तोलाको २ लाख ४१ हजार ९०० रूपैयाँ निर्धारण भएको थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा ४६० रुपैयाँले घटेको छ । हिजाे ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीकाे मूल्य आज ताेलाकाे २ हजार ५ सय ५५ रूपैयाँ काय भएकाे छ ।
ट्रेन्डिङ
६

