Artha Update
नेभिगेशन

काठमाडाै । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। पछिल्ला चार दिनदेखि निरन्तर रुपमा सुनको मूल्य ऐतिहासिक रेकर्ड बनाउदै बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबारको बजारमा सुन प्रतितोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आईतबार सुनको मूल्य एक लाख ७६ हजार ८०० रुपैयाँ र शुक्रबार एक लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन सुन प्रतितोला एक हजार ८०० रुपैयाँले बढेको छ । गत शुक्रबारदेखि सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै बढीरहेको हो।

यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी सोमबारको बजारमा कायम मूल्यलाई नै आधार बनाएर कारोबार हुने भएको हो । आज चाँदी प्रतितोला दुई हजार ३५ रुपैयाँमा खरिदबिक्री भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय