Artha Update
नेभिगेशन

काठमाडौं । नेपाली यू-१९ टिमले अफगानिस्तानको यू-१९ टिमलाई १९२ रनको लक्ष्य दिएको छ । जारी एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गर्दै नेपालले ४४.५ ओभरमा अल आउट हुँदै १९१ रन बनाएको हो ।

नेपालका लागि शाहील पटेलले सर्बाधिक ४६ रन बनाएको हो । त्यस्तै निरज कुमार यादवले ४२ रन बनाए भने रोशन विश्वकर्माले २८ रन र नरेन भट्टले २२ रन बनाएका थिए ।

त्यसैगरी अफगानिस्तानका बलर हाफिज जर्दानले ४ विकेट लिए भने अब्दुल अजिज र जैतुल्लाह शाहिनले २-२ विकेट लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय