Artha Update
नेभिगेशन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट फर्किएका एक युवकलाई दुर्व्यवहार गर्ने तीन प्रहरीलाई कारबाही गरिएको छ ।

चैत ३१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीहरुले स्वदेश फर्किएका एक युवकमाथि दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त घटना सार्वजनिक भएपछि यात्रुलाई दुर्व्यवहार गर्ने ती प्रहरीहरुलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सुरक्षा जिम्मेवारीबाट हटाएको छ । हाल उनीहरुमाथि आवश्यक छानबीन चलिरहेको छ ।

गत आइतबार दुबईबाट फर्किएका धनुषाका सञ्जय ओझामाथि प्रहरीले लछारपछार गर्दै बुटले प्रहार गरेको भिडिओ सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय