काठमाडौं । आज सेयर बजार घटेको छ । आज सेयर बजार नेप्से परिसूचक ९.९६ अंकले घटेर २६८८.३२ को विन्दुमा कायम भएको छ ।
आज ३१९ कम्पनीको सेयर किनबेच हुँदा ८ अर्ब ३२ करोड माथिको सेयर कारोबार भएको छ । आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १६० कम्पनीको सेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४४ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन पावर पाटर्नरको ४० करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३६ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका लगानीकर्ताले कमाएका छन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । मकर जितुमाया हाइड्रोपावरका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।