Artha Update
नेभिगेशन

काठमाडौं । ट्रष्ट माइक्रो इन्सुरेन्स लिमिटेले आईपीओ प्रस्तावसहित आगामी जेठ १ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा महाराजा रिसोर्ट प्रालि, रुपन्देहीमा बिहान सवा ९ बजे सुरु हुनेछ । सभामा कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नछ ।

साथै, आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनार्थ कम्पनीले वैशाख २५ गते बुक क्लोज गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय