नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार रुपैयाँ खरिदबिक्री भईरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार १० रुपैयाँमा कारोबार भएको थियो ।