Artha Update
नेभिगेशन

विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्स सेवा अझ सहज, सरल र विश्वासिलो बनाउन माछापुच्छ्रे बैंक लिमिटेडले मलेसियास्थित सिबिएल मनी ट्रान्सफरसँग औपचारिक सम्झौता गरेका छन्। बैंकले मलेसियामा रहेका नेपालीलाई नेपालमा छिटो र सुरक्षित रेमिट्यान्स पठाउन सहज होस् भन्ने उद्देश्यले २०८२ वैशाख १५ गतेदेखि सेवा सुरु गरेको हो।

सम्झौतापत्रमा सिबिएल मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजी र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि मलेसियामा रहेका नेपालीहरूले सिबिएल मनी ट्रान्सफरका १५ वटा शाखा तथा सिटी रेमिट एप प्रयोग गरी रकम नेपाल पठाउन सक्नेछन्। नेपालमा पठाएको रकम माछापुच्छ्रे बैंकका १६५ शाखा, ९९ शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउन्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सजिलै भुक्तानी लिन सकिनेछ।

साथै, सिबिएल मनी ट्रान्सफर र सिटी रेमिट एपमार्फत पठाइएको रकम नेपालका कुनै पनि बैंक खातामा तुरुन्तै जम्मा हुने सुविधा पनि उपलब्ध गराइएको छ।

माछापुच्छ्रे बैंकले मलेसियामा रहेका नेपाली कामदारहरूलाई लक्षित गरी मलेसियाकै मोबाइल नम्बरमा मोबाइल बैंकिङ सेवा पनि उपलब्ध गराएको छ।

देशभर १६५ शाखा, ९९ शाखारहित सेवा, ११ एक्सटेन्सन काउन्टर र २०४ वटा एटीएमसहित १७ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको माछापुच्छ्रे बैंकले आगामी दिनमा पनि प्रविधिमैत्री सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय