Artha Update
नेभिगेशन

अछाम। अछाम जिल्लाको मङ्गलसेन नगरपालिका–५ स्थित बाल मन्दिर नजिकै स्थापना गरिएको टाइम्स कम्प्युटर इन्स्टिच्युटले स्थानीय तहमै गुणस्तरीय तथा व्यावसायिक कम्प्युटर शिक्षा प्रदान गर्दै आएको छ। ‘ज्ञान र नवनिर्माणको संगम’ भन्ने नाराका साथ सञ्चालित संस्थाले आधुनिक समय अनुसारको प्रविधिमैत्री तालिम दिने उद्देश्य राखेको छ।

संस्थामा विभिन्न तहका कम्प्युटर कोर्षहरू उपलब्ध छन्, जसमा बेसिक, डिप्लोमा, एडभान्स डिप्लोमा, साथै ग्राफिक्स डिजाइन, AutoCAD (2D & 3D), इस्टिमेटिङ, भ्यालुएसन जस्ता सीपमुखी कार्यक्रम समावेश छन्। साथै घर नक्सा डिजाइन तथा अन्य प्राविधिक सेवाहरू पनि उपलब्ध छन्। कक्षा १० पछिका विद्यार्थीहरूका लागि ब्रिज कोर्ष तथा प्रवेशिका तयारी समेत उपलब्ध गराइएको छ।

संस्थाले केवल कक्षा सञ्चालनमा मात्र नभई शिक्षालाई व्यवहारिक र परिणाममुखी बनाउन ‘हातमा हात राख्ने दृष्टिकोण’ अपनाएको जनाएको छ। दक्ष प्रशिक्षक टोली, नवीनतम प्रविधियुक्त पूर्वाधार र प्रयोगात्मक शिक्षण शैलीमार्फत विद्यार्थीलाई रोजगारी तथा आत्मनिर्भर जीवनतर्फ उन्मुख गराउने प्रयास भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय