काठमाडौं । नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले अर्थमन्त्रीको निर्देशनपछि पनि कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न आनाकानी गरेकी छन् ।
सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच राष्ट्र बैंकको १८ औं गभर्नरमा डा. भट्टलाई नियुक्त गर्ने राजनीतिक सहमति भएको थियो । राजनीतिक सहमति जुटेसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. भट्टसँग अर्थतन्त्रको वर्तमान अवस्थाको ब्रिफिङ लिँदै गभर्नरमा अगाडि बढाउन लागेकाले अर्थतन्त्रको सुधारमा काम गर्न शुभकामना समेत दिएका थिए ।