काठमाडौं। साताको पहिलो दिन (आइतबार) सुनको मूल्य बढेको छ ।
शुक्रबार सम्म प्रतितोला एक लाख ८३ हजार पाँच सय रुपैयाँ पुगेको सुन आज ६ सय रुपैयाँले बढेको हो । आज सुन एक लाख ८४ हजार एक सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने केहि घटेको छ । यस अघि चाँदी एक हजार ९३० रुपैयाँमा नै कारोबार भइरहेको थियो भने आज २० रुपैयाँले घटेर एक हजार ९ सय १० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।