Artha Update
नेभिगेशन

काठमाडौं । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई १० बुँदे मागपत्र बुझाएको छ ।

पर्यटन क्षेत्रसँग सम्बन्धित १० बुँदे मागपत्र अर्थमन्त्रीलाई बुझाइएको संगठन अध्यक्ष राजेन्द्रप्रसाद सापकोटाले जानकारी दिए । संगठनले पर्यटन श्रमिकको हकहित र पर्यटन प्रवद्र्धनसँग जोडिएका विभिन्न मुद्दा आगामी बजेटमा समावेश गर्न अनुरोध गरेको उनले बताए ।

यस्ता छन् संगठनले अर्थमन्त्रीलाई बुझाएका १० बुँदे माग

१. पर्यटन श्रमिकहरूको ज्यालामा लगाइएको भ्याट खारेज गरिनुपर्छ ।
२. हवाई टिकटमा लाग्ने भ्याट फिर्ता लिनुपर्छ ।
३. जलवायु परिवर्तन सम्बन्धी पाठ्यक्रम माध्यमिक तहमा समावेश गरिनुपर्छ ।
४. माइस पर्यटन प्रवर्द्धनका लागि बजेटको व्यवस्था गरिनुपर्छ ।
५. सीमा क्षेत्रको पर्यटन प्रवर्द्धनलाई विशेष महत्त्व दिनुपर्छ ।
६. नेपाल एयरलाइन्सलाई कम्पनी मोडेलमा रूपान्तरण गरिनुपर्छ ।
७. जहाजहरू भाडामा लिएर अन्तर्राष्ट्रिय गन्तव्यहरूसँग सिधा उडान विस्तार गर्नुपर्छ ।
८. जीटुजी प्रणाली मार्फत चीन सरकारसँग समन्वय गरी सरकार–सरकार स्तरमा पर्यटन प्रवर्द्धन गर्ने नीति अवलम्बन गर्नुपर्छ ।
९. निषेधित क्षेत्रको पदयात्रा अनुमति जारी गर्दा हाल अनिवार्य दुई पर्यटकको प्रावधान संशोधन गरी एक जना पर्यटकका लागि पनि अनुमति दिन मिल्ने व्यवस्था गरिनुपर्छ ।
१०. पर्यटक बसपार्कका लागि बजेट व्यवस्था गरिनुपर्छ र पर्यटक सवारीसाधनका लागि छुट्टै नम्बर प्लेटको व्यवस्था गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय