Artha Update
नेभिगेशन

राजधानीबाट ठूलो मात्रामा श्रोत नखुल्ने अवैध रकमसहित चार जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर काठमाण्डौंको टोलीले ९५ लाख १७ हजार ५ सय रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको हो ।

पशुपति भिजनस्थित पिङ्गलास्थान अगाडिबाट दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिइएको परिसरका एसपी अंगुर जिसीले जानकारी दिए ।

पक्राउ पर्नेमा काठमाण्डौंको तारकेश्वर नगरपालिका-३ का २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका-१ का ४३ वर्षीय गणेश राई, लमजुङको दोर्दी गाउँपालिका-३ का ३१ वर्षीय सन्तोष गुरुङ र ३९ वर्षीय सन्तोष घिमिरे छन् ।

घटनाबारे थप अनुसन्धान जारी राखिएको एसपी जिसीले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय