Artha Update
नेभिगेशन

काठमाडाैं । नेपाली बजारमा दोस्रो दिन पनि सुनकाे मूल्यमा उच्च वृद्धि भएको छ । यस दिन सुन प्रतितोला एक हजार ७०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने स्थिर भएको छ । आज चाँदीको खरिदबिक्री मंगलबारको बजारमा कायम मूल्यलाई आधार मानेर हुने भएको हो । आज चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय