Artha Update
नेभिगेशन

खकेन्द्र ब.बुढा, ढकारी । स्वास्थ्य निर्देशनालय डोटीको आयोजनामा, मायामेट्रो अस्पताल धनगढीको सहकार्य, स्वास्थ्य कार्यालय अछामको समन्वय तथा ढकारी गाउँपालिकाको सहयोगमा अछाममा एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

शिविर यहि वैशाख २८ गते आइतवारको दिन ढकारी स्वास्थ्य चौकीमा विहान १० बजेदेखि सञ्चालन हुने  छ।

उक्त शिविरमा मुटु रोगका विशेषज्ञसहित जनरल फिजिसियन, स्त्रीरोग, बालरोग, हाडजोर्नी तथा नसारोग, मानसिक रोग, फिजियोथेरापी, इसिजी, प्रयोगशाला सेवा, आयुर्वेद सेवा, परिवार नियोजन तथा मुखको क्यान्सर परीक्षण सेवा निःशुल्क प्रदान गरिनेछ।

विशेषगरी दुर्गम बस्तीका सर्वसाधारणलाई लक्षित गरी आयोजना गरिएको शिविरबाट एकै ठाउँमा बिभिन्न रोगका विशेषज्ञको सेवा प्राप्त गर्न सकिने भएकाले यो अवसरको भरपूर फाइदा उठाउन आयोजकले सर्वसाधारणमा अपिल सम्म गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय