Artha Update
नेभिगेशन

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेको हो । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय