Artha Update
नेभिगेशन

काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक ७.९४ अंकले घटेर २६६९.५१ को विन्दुमा कायम भएको छ ।

आज ३१६ कम्पनीको सेयर किनबेच हुँदा १० अर्ब ६९ करोड माथिको सेयर कारोबार भएको छ । आज ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ७१ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको ५९ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङनदी ग्रुप पावरको ५७ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ५.७९ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बराही हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.२७ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय