काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले घटेर १ लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार पनि छापावाल सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेर १ लाख ८९ हजार ३०० रुपैयाँ रहेको थियो । यता, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर तोलाको १९ सय ९५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार ५ रुपैयाँ रहेको थियो ।