काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार हुने कार्यक्रमको सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। राजसंस्था पुनर्स्थापनाको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्दोलन र गणतन्त्र दिवसको अवसर पारेर एमालेले मनाउन लागेको उत्सव एकै दिन परे पनि दुवैलाई आमने-सामने पर्न नदिनका सुरक्षा निकायले सोहि अनुसार तयारी गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
’ प्रवक्ता अशोक कुमार भण्डारीले भने -‘हामी सकभर दुवै पक्षलाई आमने-सामने नपरुन् भन्ने चाहन्छौं,’ उनले भने, ‘त्यस्तो स्थिति आउन नदिनको लागि सुरक्षाका सबै निकाय तयार अवस्थामा रहन्छन्।’ राप्रपाले रत्नपार्कमा प्रदर्शन गर्दैछ तर जिल्ला प्रशासन कार्यालयबाट अनुमति भने लिएको छैन। ‘राप्रपाले सभा होइन, आन्दोलन गर्न लागेको हो यसका लागे अनुमति चाहिंदैन’ प्रवक्ता मोहन श्रेष्ठले भने।
राजसंस्था समर्थकले आज बिहीबार बिहान ११ बजे विभिन्न ठाउँबाट निस्केर दिउँसो एक बजे रत्नपार्कमा जम्मा हुने कार्यक्रम तय गरेका छन्। बिहीबारदेखि सुरु हुने भनिएको आन्दोलन शान्तिपूर्ण हुने आयोजकको दावी छ। यता, सरकारले भने राजावादीहरूलाई बिहीबार काठमाडौंको चक्रपथबाट भित्र छिर्न नदिने तयारी गरेको छ।