Artha Update
नेभिगेशन

अछाम । अछाम जिल्लाको ढकारी गाउँपालिका वडा नं.३ का निवासी १६ वर्षीय चन्द्र बहादुर बुढा अहिले जीवन र मृत्युसँग लडिरहेका छन्। उनले ६ महिनाको उमेरमै आमाको माया गुमाएका चन्द्र बहादुर बुढा अहिले आफैँ गम्भीर रोगसँग लडिरहेका छन्। भेरी अस्पतालमा भर्ना भएका चन्द्र बहादुरको स्वास्थ्य अवस्था गम्भीर छ।

डाक्टरका अनुसार चन्द्र बहादुरको मुटुको समस्याले स्वास्थ्य अवस्था अत्यन्त जटिल बन्दै गएको छ। एक सातादेखि अस्पतालमा उपचाररत चन्द्र बहादुरको उपचारमा ठूलो आर्थिक खर्च लाग्ने भएको छ। तर घरको कमजोर आर्थिक अवस्थाका कारण परिवार उपचार खर्च जुटाउन सकेका छैन्।

घरमा चन्द्र बहादुरका बुबा मात्रै हुछन्। वृद्ध अवस्थामा बुबा छोराको उपचारको चिन्तामा दिनरात अस्पतालमै बसिरहेका छन् । यो उमेरमा मैले बुबालाई सहारा दिनुपर्ने हो, तर उहाँ नै मलाई कुरेर बस्नु भएको छ, चन्द्र बहादुरले भावुक हुँदै भने।

अहिले परिवार आर्थिक संकटमा परेको छ। चन्द्र बहादुरको जीवन बचाउन समयमै प्रभावकारी उपचार आवश्यक भए पनि आर्थिक अभावका कारण उपचारमा कठिनाइ आएको छ।

सहयोगी मन भएकाले सानो–सानो सहयोगले चन्द्र बहादुरको उपचारका लागि सहयोगको हात अघि बढाएमा एक युवा जीवन बचाउन सकिने परिवारजनले आग्रह गरेका छन्।

चन्द्र बहादुर बुढाको उपचारका लागि सहयोग गर्न चाहनेले उनको परिवारसँग सम्पर्क गर्न सक्नुहुन्छ-सम्पर्क नम्बर: ९७४९३१३७८१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय