Artha Update
नेभिगेशन

अछाम। अछामका १० स्थानीय तहमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट विनियोजन गरिएको छ। जिल्लामा सबैभन्दा धेरै बजेट साँफेबगर नगरपालिकामा गएकाे छ भने सबैभन्दा कम बान्निगढी जयगढ गाउँपालिकाको गएकाे छ।

प्रत्येक पालिकाले आ–आफ्ना आवश्यकता प्राथमिकता र उपलब्ध स्रोतका आधारमा नीति तथा कार्यक्रम तयार गर्दै बजेट विनियोजन गरेका छन्।

जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका लागि विनियोजित रकम यस्ताे छ:

साँफेबगर नगरपालिकामा ५६ करोड ७१ लाख, मंगलसेन नगरपालिका ४२ करोड ७० लाख,कमलबजार नगरपालिका ४१ करोड ३ लाख, पञ्चदेवल विनायक नगरपालिका ३९ करोड ९३ लाख, तुर्माखाँद गाउँपालिका ३८ करोड ५० लाख, मेल्लेख गाउँपालिका३८ करोड ३३ लाखरामारोशन गाउँपालिका ३६ करोड ७१ लाख, चौरपाटी गाउँपालिका ३१ करोड ८० लाख,ढकारी गाउँपालिका २९ करोड ३५ लाख, बान्निगढी जयगढ गाउँपालिका २६ करोड ४५ लाखकाे बजेट विनियोजन गरेकाे छ ।

May be an image of blueprint and text

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय