Artha Update
नेभिगेशन

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी­) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको पद निलम्बन भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३ सय २ रुपैयाँ ५७ पैसा माग दाबीसहित सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारको आरोपमा सोडारीले गैरकानुनी रूपमा सम्पत्ति थुपारेको उल्लेख छ ।

सोडारी निलम्बनमा परेसँगै समाजवादी पार्टीले नयाँ नेता चयनको तयारी थालेको छ। उपनेता प्रकाश रावलले बुधबार दलको बैठक बोलाएर सहमतिमा नयाँ नेता चयन गरिने जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय