Artha Update
नेभिगेशन

नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्ला दिनमा सुन र चाँदीको मूल्य निरन्तर बढिरहेको छ ।

यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबारको बजारमा कायम भएको मूल्यलाई नै आधार मानेर चाँदीको कारोबार हुने भएको हो । यस दिन चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँ खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय