Artha Update
नेभिगेशन

काठमाडौं। अमेरिकाले अवैध रूपमा पुगेका थप ५० नेपालीलाई डिपोर्ट गरेको छ। उनीहरूलाई चार्टर्ड विमानमार्फत नेपाल फिर्ता पठाइएको छ।

अध्यागमन अधिकारीहरूका अनुसार आज दिउँसो ४ बजे उनीहरू नेपाल आइपुग्ने छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लागू आप्रवासन नीतिका कारण अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरू क्रमशः निष्कासनमा परिरहेका छन्।

यसअघि २०८१ फागुनमा टेक्सास राज्यबाट ९ नेपालीलाई डिपोर्ट गरिएको थियो।

ट्रम्प प्रशासनका नीतिपछि अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या १ सय पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय