Artha Update
नेभिगेशन

काठमाडौं । तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेस रजकको परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

आफ्नो तेस्रो स्थापना दिवसको दिन रास्वपाले मानवीय सहयोग भनेर रकम उपलब्ध गराएको हो ।

चेक हस्तान्तरण गर्न रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी र कोष ब्यबस्थापन बिभागका सदस्य जगदीश खरेल स्वपत्रकार सुरेस रजकको घर पुगेका थिए ।

साथै आगामी दिनमा पत्रकारको सुरक्षा प्रति राज्य संयन्त्र, राजनीतिक दल र आन्दोलनकारी जिम्मेवार रहन माग गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय