Artha Update
नेभिगेशन

काठमाडौं । गार्डियन माइक्रो लाइफको सामूहिक लगानी कोषतर्फको १ लाख १२ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो साउन ४ गते सकिंदैछ।

कम्पनीले सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिले सामूहिक लगानी कोषलाई छुट्याइएको शेयर ६ महीनासम्म लकइनमा राख्नुपर्ने प्रावधान बमोजिम कम्पनीको शेयर लकइनमा रहेको थियो। संस्थापक र कर्मचारीतर्फको शेयर भने ३ वर्षसम्म लकइनमा रहनेछ।

कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। कम्पनीको शेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय