काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । नेप्से परिसूचक ७९.८२ अंकले बढेर २८७४.६० को विन्दुमा बन्द भएको छ ।
आज ३११ कम्पनीको शेयर किनबेच हुँदा १६ अर्ब ५९ करोडमाथिको शेयर कारोबार भएको छ । आज २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावरको ६० करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ५६ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ट्रेड टावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । शुभम पावर, थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । स्र्टन हाइड्रोका लगानीकर्ताले ९.९० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एनआइबिएल स्टेबल फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ प्रतिशतका दरले गुमाएका हुन् ।