Artha Update
नेभिगेशन

काठमाडौं । वाणिज्य बैंकहरुले एकै महिना झन्डै साढे ८ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आवको पहिलो महिनामा वाणिज्य बैंकहरुले ८ अर्ब ३८ करोड ३० लाख रुपैयाँ खुद मुनाफा गरेका छन् । गत आवको साउन महिनामा भने वाणिज्य बैंकहरुले ९ अर्ब १७ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए ।

चालु आवको साउन गत आवको साउन महिनाको तुलनामा ८.६४ प्रतिशतले नाफा गिरावट आएको राष्ट्र बैंकले जनाएको छ । तथ्यांक अनुसार २० वटा वाणिज्य बैंकहरुमध्ये चालु आवको साउन महिनामा ११ वटा बैंकको मुनाफामा अघिल्लो आवको साउन महिनाको तुलनामा गिरावट आएको छ भने ९ वटा बैंकको नाफामा वृद्धि देखिएको छ ।

साउनमा सबैभन्दा धेरै नाफा ग्लोबल आइएमई बैंकले कमाएको छ । बैंकले ७८ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

दोस्रो सूचीमा रहेको नबिल बैंकले ७१ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । तेस्रो सूचीमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि ६३ करोड ४२ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ । ग्लोबल, नबिल र इन्भेष्टमेन्ट बैंकले गत वर्षको साउनमा पनि क्रमश: ८९ करोड २४ लाख ८० करोड ३३ लाख र ५७ करोड ७५ लाख रुपैयाँ नाफा कमाएका थिए ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड ८३ लाख, नेपाल बैंकले ५५ करोड २७ लाख, प्राइमले ५० करोड ४९ लाख, कुमारीले ४९ करोड २४ लाख, एभरेष्टले ४८ करोड ३९ लाख, एनएमबिले ४६ करोड ६७ लाख, हिमालयनले ४० करोड ८९ लाख र सिद्धार्थ बैंकले ४० करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो साउनमा यी बैंकहरुको नाफा क्रमश: ३६ करोड ६ लाख, २२ करोड ३९ लाख, ५० करोड ५५ लाख, ४० करोड ३५ लाख, ४२ करोड २९ लाख, ४२ करोड ७२ लाख ५८ करोड ८० लाख र ३४ करोड ८८ लाख रुपैयाँ रहेको थियो ।

गत साउनमा लक्ष्मी सनराइज बैंकले ३९ करोड ४४ लाख, सानिमाले ३९ करोड २ लाख, एनआइसी एशिया ३१ कराेड ९३ लाख, प्रभुले ३० करोड २३ लाख, सिटिजनले २७ करोड २४ लाख, स्ट्याण्डर्ड चार्टर्डले २७ करोड १६ लाख, माछापुच्छ्रेले २६ करोड ५२ लाख, नेपाल एसबिआईले १५ करोड ८९ लाख र कृषि विकासले ३७ लाख ५० हजार रुपैयाँ नाफा कमाएका छन् ।

गत वर्षको साउनमा पनि यी बैंकहरुले क्रमश: ४३ करोड ३२ लाख, ३८ कराड २६ लाख २६ करोड ६३ लाख, ५३ करोड ८ लाख, ३४ करोड २२ लाख, २१ करोड १५ लाख, २० करोड २४ लाख, ३३ करोड ३३ लाख र ७१ करोड २० लाख रुपैयाँ नाफा कमाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय