काठमाडौं । आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बिहीबार प्रतितोला २ लाख ५९ हजार ६०० रुपैयाँमा काराेबार भएको सुन आज २ लाख ६२ हजार ५०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । चाँदी प्रतितोला ११० रुपैयाँले बढेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला ४ हजार ४१५ रुपैयाँमा किनबेच भएको चाँदी आज शुक्रबार बढेर ४ हजार ५२५ रुपैयाँ पुगेको छ ।