गुल्मीको मालिका गाउँपालिकामा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृ*त्यु भएको छ। विद्यार्थी बोकेर वनभोजतर्फ जाँदै गरेको स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका दुई सदस्यले ज्यान गुमाएका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार राम्चेबाट मदानेको पुर्कोटतर्फ जाँदै गरेको सिद्ध इङ्लिस बोर्डिङ स्कुलको लु प्र ०१–००ख०३५५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।