काठमाडौं । आज सेयर बजार भारी अंकले बढेको छ । चुनावको चहलपहल भएसँगै नेप्सेले सकारात्मक गति लिएको हो । नेप्से परिसूचक ५७.५५ अंकले बढेर २७७२ को विन्दुमा कायम भएको छ ।
आज २४० कम्पनीको सेयर मूल्य बढेको छ भने १९ कम्पनीको मूल्य घटेको छ ।
आज १३ अर्ब ७८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ४३ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ग्रिन भेञ्चरको ३९ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै १२ कम्पनीका लगानीकर्ताले कमाएका छन् । सकारात्मक सर्किट लागेका १२ कम्पनीमध्ये ८ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै एभरेष्ट बैंकका डिबेञ्चर इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ५.८० प्रतिशतका दरले गुमाएका हुन् ।