Artha Update
नेभिगेशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवामा फागुन ९ गते गर्ने भनिएको चुनावी सभा स्थगित भएको छ ।

रास्वपा रुपन्देही ३ का चुनावी कमाण्डर नारायणप्रसाद भण्डारीले पार्टी केन्द्रबाट चुनावी सभा स्थगित गर्न निर्देशन आएको बताए ।

उनका अनुसार संगठनात्मक प्राथमिकता निर्धारण, रणनीतिक व्यवस्थापन तथा आन्तरिक तयारीका कारण हालका लागि चुनावी कार्यक्रम स्थगित गरिएको हो । पार्टी केन्द्रीय कार्यालयले प्रदेश समितिलाई पठाएको पत्रमा पनि विशेष कारण उल्लेख गर्दै अर्को सूचना जारी नभएसम्म सभा नगर्न निर्देशन दिइएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय