Artha Update
नेभिगेशन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी कर्णाली याक्स र जनकपुरबिचको खेलमा जनकपुर पूर्ण रुपमा हावि भएको छ। ७.४ ओभरको समाप्तीमा कर्णालीले ३५ रन बनाउँदा आफ्ना महत्वपूर्ण सुरुवाती ४ ब्याटरलाइ गुमाएको छ।

आफ्ना स्टार ब्याटर शिखर धवनलाई १४ रनमा गुमाएको कर्णालीले ओपनर देव खनाललाई १ रनमा गुमाएको थियो। त्यसपछि चाडविक वाल्टनलाई ८ रनमा गुमाउन पुग्दा चौथो विकेटका रुपमा जेसन मक्सुदलाई पनि शुन्य रनमा गुमाएको छ।

कर्णाली विरुद्ध दबाबपूर्ण प्रदर्शन गरेको जनकपुरका लागि ललित राजवंशी, हर्ष थोकर, जेमी निसम र मोहम्मद मोहसीनले समान १-१ विकेट लिए।

टियू मैदान कीर्तिपुरमा जारी प्रतियोगितामा तेस्रो खेलमा कर्णालीले टस जितेर पहिले ब्याटिङ गरेको थियो। यसअघि उद्घाटन खेलमा जनकपुर बोल्ट्ले विराटनगरलाई हराएर प्रतियोगितामा सुखद सुरुवात गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय