Artha Update
नेभिगेशन

काठमाडौं । वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । २० वटा वाणिज्य बैंक रहेकामा अधिकांशले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बैंकहरुले भोलि अर्थात् माघ १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

२० बैंकहरुमध्ये १७ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । दुईवटा बैंकले घटाएका छन् भने एकले बढाएको छ ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले मात्रै माघ महिनाका लागि ब्याजदर बढाएकाे छ । बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदर तोकेको छ ।

नेपाल एसबीआई बैंक र कृषि विकास बैंक

नेपाल एसबीआई बैंकले माघ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । पुस महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याज दिएको थियो । त्यस्तै कृषि विकास बैंकले असोज महिनाका लागि ब्यक्तिगत तर्फको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५१ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर तोकेको छ ।

एनआईशी एशिया बैंक

एनआईसी एशिया बैंकले माघ महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.६० प्रतिशत र संस्थागततर्फ अधिकतम ५.६० प्रतिशत ब्याजदर तोकेको छ ।

नेपाल बैंक लिमिटेड

बैंकले माघ महिनाका लागि व्यक्तिगततर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगततर्फ अधिकतम ५.६० प्रतिशत र संस्थागततर्फ अधिकतम ४.१५ प्रतिशत ब्याजदर तोकेको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंक

स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेप र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले असोज महिनाका व्यक्तिगततर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर तोकेको छ ।

प्रभु बैंक

प्रभु बैंकले भने व्यक्तिगत र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.१ प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर तोकेको छ ।

एभरेष्ट बैंक

बैंकले पनि माघ महिनाका लागि ब्याजदरस्थिर राखेको छ । बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर तोकेको छ ।

सिटिजन्स इन्टरनेशनल बैंक

सिटिजन्स इन्टरनेशनल बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेप स्थिर राखेको छ भने संस्थागततर्फको बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.६५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । पुस महिनामा संस्थागततर्फ अधिकतम ४ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर तोकेको छ ।

सानिमा बैंक

सानिमा बैंकले माघ महिनाका लागि व्यक्तिगत र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.०५ प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले माघ महिनाका लागि व्यक्तिगत र संस्थागतको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले माघ महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर तोकेको छ ।

ग्लोबल आइएमई बैंक

बैंकले माघ महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले पनि ब्याजदरमा परिवर्तन गरेको छैन । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ ।

नबिल बैंक

माघ महिनाका लागि नबिल बैंकले पनि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर तोकेको छ ।

एनएमबी बैंक

बैंकले पनि माघ महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.६० प्रतिशत र संस्थागततर्फ ५.६० प्रतिशत ब्याजदर तोकेको छ ।

हिमालयन बैंक

हिमालयन बैंकले पनि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको छ ।

माछापुच्छ्रे बैंक

बैंकले माघ महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ ।

कुमारी बैंक

कुमारी बैंकले पनि पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.९१ र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदर तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय