Artha Update
नेभिगेशन

काठमाडौँ । एफपिओ बाँडफाँट भएको २२ दिन बितिसक्दा पनि महुली लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुन सकेको छैन। पुष १९ गते बाँडफाँट गरिएको एफपिओ अहिलेसम्म नेप्सेमा सूचीकृत हुन नसक्दा लगानीकर्ताले दोस्रो बजारमा शेयर किनबेच गर्न पाएका छैनन्।

कम्पनीले ४ लाख ७५ हजार ४४९।१५ कित्ता एफपिओ शेयर बाँडफाँट गरेको थियो। यस अन्तर्गत, ४७ हजार ५५४ आवेदकले १० कित्ताका दरले शेयर पाएका थिए भने ९ जनाले थप १ कित्ता शेयर प्राप्त गरेका थिए।

एफपिओ बाँडफाँट भएको लामो समय बितिसक्दा पनि शेयर सूचीकृत नहुँदा लगानीकर्ताहरूले निराशा व्यक्त गरेका छन्। कम्पनीको शेयर खाता समेत जम्मा भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय